सिलगढ़ी 21 नोभेम्बर (हि.स.)। सिलगढ़ीबाट ट्याब घोटालाको सिलसिलामा थप एकजना आरोपीलाई पक्राउ गरिएको छ जसको नाम रविन्द्र प्रसाद रहेको छ। रविन्द्र बिहारको किशनगञ्जमा बस्छन्। वर्तमाना तिनी सिलगढ़ीको देवीडांगा क्षेत्रस्थित एक भाड़ाको घरमा बस्दै आइरहेका थिए। पुलिस सूत्र अनुसार आरोपी रविन्द्र प्रसाद सिंहले चोपड़ामा एक सीएसपी संचालन गर्दथे।
आरोप छ, उक्त सीएसपीको माध्यमबाट बर्दवानका एकजना विद्यार्थीको ट्याबको रुपियाँ घोटाला गरिएको थियो। त्यसपछि उक्त मामिलालाई लिएर बर्दवान थानाा स्कूलको पक्षबाट सिकायत गरिएको थियो। उक्त सिकायतको आधारमा बर्दवान थानाको पुलिसले जाँच शुरू गऱ्यो। जाँचको क्रममा बुधवार बर्दवान पुलिसको टीम सिलगढ़ी पुग्यो अनि अबेर राती प्रधान नगर थानाको पुलिसको सहयोगमा देविडांगा क्षेत्रबाट आरोपी रविन्द्र प्रसाद सिंहलाई पक्राउ गऱ्यो। बिहीवार बर्दवान थानाको पुलिस आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डमा लिएर प्रस्थान भयो।
उल्लेखनीय छ, विशेष जाँच दल (एसआईटी)-ले सोमवार सिलगढ़ीबाट ट्याब घोटालाको सिलसिलामा तीनजना आरोपीहरूलाई पक्राउ गरेको थियो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा