नयॉं दिल्ली, 22 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गुयानामा भारतीय समुदायलाई जनवरी 2025 मा भारतमा आयोजित हुने महाकुम्भ र प्रवासी भारतीय दिवसमा भाग लिन निमन्त्रण दिएका छन्। उनले प्रवासी सदस्यहरूलाई 'राष्ट्रदूत' अर्थात भारतको संस्कृति र मूल्यहरूको राजदूत बताए। उनले दुई देशबीच सम्बन्धहरूलाई बलियो बनाउन ठूलो भूमिका निर्वाह गर्न आग्रह गरे।
प्रधानमन्त्रीले जर्जटाउनको नेशनल सेन्टरमा भारतीय प्रवासीहरूको एक सभालाई सम्बोधित गरे। यस कार्यक्रममा राष्ट्रपति इरफान अली, प्रधानमन्त्री मार्क फिलिप्स र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रम स्थलमा पुगेपछि प्रधानमन्त्रीको भव्यरूपमा स्वागत गरियो।
प्रधानमन्त्रीले विशेष रूपमा प्रौद्योगिकी, बुनियादी ढॉंचा र स्थिरताको क्षेत्रमा भारतको तीव्र प्रगति र परिवर्तनमाथि प्रकाश पारे। उनले वित्तीय समावेशन, महिलाहरूको नेतृत्व विकास र समावेशी विकास जस्ता उपलब्धीहरूमाथि पनि प्रकाश पारे। भारत र गुयानाको विशेष सम्बन्धहरूमाथि विचार गर्दै उनले ऐतिहासिक राजकीय यात्राको क्रममा नयॉं सम्झौताहरूमाथि हस्ताक्षर गरिएको र यसले खाद्य सुरक्षा, रक्षा, उर्जा सहयोग र जलवायु परिवर्तन कारबाहीको क्षेत्रमा सहयोगलाई अझ बढाउने बताए।
प्रधानमन्त्रीले राष्ट्रपति अलीलाई उनको आतिथ्य र गुयानाको सर्वोच्च राष्ट्रिय पुरस्कार अर्डर अफ एक्सीलेन्सले सम्मानित गरेकोमा धन्यवाद दिए। उनले यस सम्मानलाई भारत र गुयानाबीच मित्रताको विशेष बन्धनलाई समर्पित गरे।
हिन्दुस्थान समाचार / भवानी थामी