वाशिङ्गटन, 28 नोभेम्बर (हि.स.)। संयुक्त राज्य अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज प्रवासीहरूको अवैध प्रवेशलाई लिएर म्याक्सिकोको कदमप्रति खुशी व्यक्त गरेका छन्।
ट्रम्पले सोशियल मिडिया मञ्च ट्रुथमा लेखेका छन्, 'म्याक्सिकोकी नयॉं राष्ट्रपति क्लाउडिया शीनबाम पार्डोसॅंग निकै सकारात्मक कुराकानी भयो। उनी म्याक्सिकोको माध्यमद्वारा संयुक्त राज्य अमेरिकामा प्रवासन रोक्न, हाम्रो दक्षिण सीमालाई प्रभावी ढंगले बन्द गर्न सहमत बनेकी छन्।'
उनले भने, 'हामीले संयुक्त राज्य अमेरिकामा व्यापक नशालु पदार्थको प्रवाहलाई रोक्नका लागि के गर्न सकिन्छ भन्ने विषयमाथि पनि कुरा गऱ्यौं। कुराकानी निकै सार्थक रह्यो। यस कदमले संयुक्त राज्य अमेरिकामा अवैध घुसपैठलाई रोक्ने दिशामा लामो बाटो तय गर्नेछ।' ट्रम्पले यसको निम्ति म्याक्सिकोकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन्।
म्याक्सिकोकी राष्ट्रपति पार्डोले पनि ट्रम्पसॅंग भएको कुराकानीको विवरण एक्स ह्यान्डलमा साझा गरेकी छन्। उनले लेखेकी छन्, 'राष्ट्रपति ट्रम्पसॅंग कुराकानीमा मैले उनलाई त्यस व्यापाक रणनीतिको बारेमा बताए, जुन म्याक्सिकोले मानवाधिकारहरूको सम्मान गर्दै प्रवासन घटनालाई सम्बोधित गर्न अपनाएको छ। सीमामा पुग्न अगावै प्रवासीहरूको र उनीहरूको समूहको जॉंच गरिन्छ।'
हिन्दुस्थान समाचार / बिशाल