इजराइलद्वारा हिज्बुल्लाहका एक अझ शीर्ष कमाण्डर फाउर मारिएको दाबी
इजराइलद्वारा हिज्बुल्लाहका एक अझ शीर्ष कमाण्डर फाउर मारिएको दाबी


बेरुत, 03 नोभेम्बर (हि.स.)। इजराइलले हिज्बुल्लाहको एक अझ शीर्ष कमाण्डर जाफर खादर फाउरको मृत्यु भएको दाबी गरेको छ। सेनाले शनिवार हिज्बुल्लाहका शीर्ष कमाण्डर फाउरलाई दक्षिणी लेबनानमा मारेको दाबी गरेको छ। सेना अनुसार, फाउर इजराइलमाथि हमलाको निम्ति जिम्मेवार थियो।

इजराइल डिफेन्स फोर्सेज (आईडीएफ) ले सोशियल मिडिया प्लेटफर्म एक्समा यसको पुष्टि गर्दै दावा गरेको छ। आईडीएफ अनुसार, इजराइलले दक्षिण लेबनानको जौइया क्षेत्रमा नासिर यूनिटको मिसाइल र राकेट लंचर एकाईको कमाण्डर जाफर खादर फाउरलाई मारेको छ। आईडीएफले फाउर इजराइलमाथि भएको राकेट हमलाको निम्ति जिम्मेवार रहेको बताएको छ। यसमा किबुत्ज ओरताल, मजदल शम्स र मेटुलाको हमला पनि सामेल छ। मजदल शम्समा 12 नानीको मृत्यु भएको थियो र मेटुलामा 5 जनाको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande