ब्रेम्पटन, 04 नोभेम्बर (हि.स.)। विश्वमै 'मिनी पंजाब' को नामले प्रसिद्ध क्यानडामा फेरि हिन्दुहरूको आस्थामा चोट पुऱ्याइएको छ। खालिस्तान समर्थकहरूले यसपल्ट फेरि ब्रेम्पटनमा हिन्दू सभा मन्दिरलाई निशाना बनाएका छन्। यी व्यक्तिहरूले हिन्दू श्रद्धालुहरूसॅंग कुटपिट पनि गरे।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले हमलाको निन्दा गरेका छन्। हिन्दू केनेडियन फाउण्डेशनको आधिकारिक एक्स ह्यान्डलमा जारी भिडियोमा खालिस्तान समर्थकहरूलाई ब्रेम्पटनको हिन्दू सभा मन्दिरमा श्रद्धालुहरूसॅंग कुटपिट गरिरहेको स्पष्ट देख्न सकिन्छ। यो फाण्डेशन गैर लाभकारी संगठन हो। यसले क्यानडामा हिन्दू समुदायको निम्ति काम गर्छ।
संगठनले एक्समा लेखेको छ, 'खालिस्तानी आतङ्कवादीहरूले नानीहरू र महिलाहरूमाथि हमला गरे। ओटावामा भारतीय उच्चायोगको यस घटनामा बयान आएको छ। उच्चायोगले भने, ब्रेम्पटनमा हिन्दू सभा मन्दिर र काउन्सुलर क्याम्प बाहिर भारतविरोधी तत्वहरूको हिंसक व्यवधान निराशाजनक छ। हामी भारतीय नागरिकहरूसहित आवेदकहरूको सुरक्षाको निम्ति पनि चिन्तित छौं। क्यानडाका प्रमुख नेता पियरे पोलीवरेले हिन्दू सभा मन्दिरमा हमलाको निन्दा गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल