रायपुर, 05 नोभेम्बर (हि.स.)। राजधानी रायपुरको सेन्ट्रल जेल बाहिर गए सोमवार अपरान्ह एकजना कुख्यात अपराधीमाथि दुई राउण्ड फायरिंग गरेको मामिलामा दुईजना आरोपीहरूलाई पुलिसले गए राती रायपुर तथा दुर्गको सीमाबाट पक्राउ गरेको छ। आरोपीहरूबाट घटनामा प्रयोग गरिएको बन्दुक पनि जफ्त गरिएको छ।
रायपुर पुलिसबाट प्राप्त जानकारी अनुसार पक्रा पर्ने आरोपीहरूको नाम क्रमैले शेख शाहनवाज उपनाम शानु महाराज (25) र शाहरूख (19) रहेको छ भने तेस्रो आरोपी अहिले पनि पुलिसको कब्जामा पर्न सकेको छैन। तीनैजना आरोपीहरू रायपुरको मौदहापारा निवासी हुन्। पुलिसले अझ बतायो, पुरानो शत्रुताको कारणले यस गोलीकाण्डलाई परिणाम दिइएको हो।
उल्लेखनीय छ, शेख साहिल नामक आदतले नै अपराधी जेलमा थुनिएका आफ्नो भाइसित भेट गर्नको लागि गए सोमवार सपरिवार रायपुर सेन्ट्रल जेलमा पुगेका थिए। यसै अवधि आरोपीहरूले उमाथि दुई राउण्ड गोली फायरिंग गरेर त्यहाँबाट भागे। यस घटनामा गम्भीर रूपमा घाइते शेख साहिलको मेकाहारा अस्पतालमा उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा