शाहजहाँपुर, 07 नोभेम्बर (हि.स.)। चार वर्षीय अबोध बालिकासित दुष्कर्म गर्ने आरोपीलाई पुलिसले गए राती भिड़न्तमा पक्राउ गरेको छ।क्षेत्राधिकारी सदर प्रयांक जैनले बिहीवार बताए, कांट थाना क्षेत्रस्थित एउटा गाउँमा चार वर्षीय बालिकालाई बुधवार भोर बिहान आरोपीले आफूसित लिएर गएको थियो। त्यसपछि उसित दुष्कर्म गरेर आरोपी भागेको थियो।
बालिकालाई बेहाल अवस्थामा गाउँदेखि केही टाड़ा एक ट्यूबवेल नजिक भेटिएको थियो। घटनाको खुलासा गर्नको लागि पुलिस अधीक्षकले राजेश एसले तीनवटा टीमलाई खटाएका थिए। अनुन्धानको क्रममा थाहा लाग्यो, यस लज्जास्पद घटनालाई परिणाम दिने छिमेकमै बस्ने सञ्जु नामक युवक हो।
उनले अझ बताए, आरोपीलाई पक्राउ गर्ने प्रयास शुरू गरियो। गए बुधवार राती लगभग साढ़े दश बजे पुलिसलाई सूचना प्राप्त भयो कि आरोपी भाग्ने दाउमा छ। पुलिसले जिंदो पुल नजिक घेराबन्दी गऱ्यो। आफूलाई पुलिसले घेरेको थाहा लागेपछि आरोपीले पुलिसमाथि गोली चलााउन शुरू गऱ्यो। पुलिस टीमले पनि जवाफमा गोली चलायो जसमा दाहिने खुट्टामा गोली लागेपछि आरोपी भुइँमा ढल्यो। पुलिसले घाइते आरोपीलाई पक्राउ गरी उपचारको निम्ति सरकारी अ्स्पतालमा भर्ती गरेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा