- निवेशकहरूको 4.28 लाख करोड़ रुपियाँ 1 दिनमै स्वाहा
नयाँ दिल्ली, 07 नोभेम्बर (हि.स.)। लगातार दुई दिनको बढ़तपछि घरेलु शेयर बजार आज मुनाफा असुलीको शिकार भयो। आज व्यापारको शुरूआत सामान्य बढ़तबाट भएको थियो। तर बजार खोलिएपछि बजारमा बिक्री गर्नेहरूको दबाव बढ़्यो। चौतर्फी बिक्री गर्नेहरूको कारणले सेन्सेक्स र निफ्टी दुवै सूचकांकमा ह्रास आयो। तथापि खरिद गर्नेहरूले पछि लिवाली गरेर बजारलाई सपोर्ट दिने प्रयास पनि गरे, तर बिक्री गर्नेहरूको दबाव अधिक भएको कारणले शेयर बजारले लगातार रातो निशानमै व्यापार गरिरह्यो।
दिनभरिको व्यापार पश्चात सेन्सेक्स 1.04 प्रतिशत औ निफ्टी 1.16 प्रतिशतको ह्राससितै बन्द भए। आज दिनभरिको कारबार अवधि मेटल, अटोमोबाइल, फार्मास्यूटिकल, रियल्टी औ टेलीकम सेक्टरका शेयरहरूमा सबैभन्दा अधिक बिक्री गर्नेहरूनै रहे। यस अतिरिक्त ब्यांकिंग, आईटी, क्यापिटल गुड्स, कन्ज्यूमर ड्यूरेबल, एफएमसीजी, ओयल एण्ड ग्यास औ टेक इण्डेक्स पनि ह्रासको शिकार बन्न पुग्यो।
ब्रडर मार्केटमा पनि आज लगातार बिक्री गर्नेहरूको दबाव रह्यो फलस्वरूप बीएसईको मिडक्याप इण्डेक्स 0.67 प्रतिशतको ह्राससितै बन्द भयो। यसरी नै स्मलक्याप इण्डेक्सले 0.44 प्रतिशत तल झरेर आजको व्यापारको अन्त गऱ्यो। आज शेयर बजारमा आएको ह्रासको कारणले स्टक मार्केटका निवेशकहरूको सम्पत्ति 4 लाख करोड़ रुपियाँभन्दा अधिक घट्यो।
बीएसईमा सूचीबद्ध कम्पनीहरूको मार्केट क्यापिटलाइजेशन आजको कारबारपछि घटेर 448.31 लाख करोड़ रुपियाँ (अस्थायी) पुग्यो भने पछिल्लो व्यापारिक दिन अर्थात गए बुधवार यिनीहरूको मार्केट क्यापिटलाइजेशन 452.59 लाख करोड़ रुपियाँ थियो। यसरी नै निवेशकहरूलाई आजको व्यापारबाट लगभग 4.28 लाख करोड़को नोक्सान भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा