महाकुम्भनगर, 22 जनवरी (हि.स.)। 'जीवनमा औषधि समान हो यज्ञ। यज्ञले पर्यावरण शुद्ध हुन्छ, जसबाट आत्मा पवित्र बन्छ। परिवारमा शान्ति र समृद्धिका लागि हरेक घरमा यज्ञको आयोजन हुनुपर्छ।' उक्त कुरा शांभवी पीठाधीश्वर स्वामी आनन्द स्वरूप महाराजले भनेका हुन्।
महाकुम्भनगरको शांभवी पीठस्थित शिविरमा शांभवी पीठाधीश्वर स्वामी आनन्द स्वरूप महाराजको सान्निध्यमा सहस्त्र चण्डी यज्ञ एवं मॉं शांभवीको चल प्रतिष्ठा सम्पन्न भयो। शांभवी पीठाधीश्वरले भने, 'हरेक सनातन धर्मीले यज्ञमा विश्वास राख्छन्। महाकुम्भ शान्तिपूर्ण ढंगले सम्पन्न होस्, यसका लागि विशेष पूजा-अर्चना गरियो। भारतलाई हिन्दू राष्ट्र बनाउने संकल्पका साथ यज्ञमा आहूति दिइयो।'
उनले भने, 'यज्ञमा प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठक र आवाहन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी अरुण गिरि पनि सामेल भए। उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले भने, 'शांभवी पीठप्रति मेरो गहिरो आस्था छ। यस कारण म सहस्त्र चण्डी यज्ञमा भाग लिन आएका हुॅं।'
यस अवसरमा ज्योतिष पीठका गोविन्दानन्द सरस्वती, स्वामी प्रकाशानन्द, साध्वी प्रज्ञा भारती, सर्वेश्वरानन्द भारती, विश्वेश्वरानन्द भारती, भाजपाका वरिष्ठ नेता शिव प्रकाश मिश्र सेनानी, पूर्व मन्त्री सुनील बराला, वरिष्ठ पत्रकार रवि उपाध्यायले पनि यज्ञमा आहूति दिए।
हिन्दुस्थान समाचार / भवानी थामी