पौष पूर्णिमामा बिहान 7:30 बजीसम्म 45 लाख श्रद्धालुले गरे स्नान
पौष पूर्णिमामा बिहान 7:30 बजीसम्म 45 लाख श्रद्धालुले गरे स्नान


पौष पूर्णिमामा बिहान 7:30 बजीसम्म 45 लाख श्रद्धालुले गरे स्नान


महाकुम्भ नगर, 13 जनवरी (हि.स.)। महाकुम्भको पहिलो स्नान पर्व पौष पूर्णिमामा सोमवार बिहान 7:30 बजीसम्म 45 लाख श्रद्धालुले स्नान गरे। स्नानगंगा, यमुना र अदृश्य सरस्वतीको संगम तटमा श्रद्धालुहरूको अद्भुत दृश्य देखियो।

महाकुम्भको पहिलो स्नान पर्व पौष पूर्णिमाको पवन अवसरमा महाकुम्भमा पहिलो स्नान पर्वमा देशभरिबाट आएका श्रद्धालुहरूले आस्थाको डुबकी लगाए। अबेर रातिदेखि श्रद्धालु र कल्पवासी संगम तटमा एकत्रित हुन थालेका थिए। हर हर गंगे र जय श्रीरामको गगनभेदी जयकाराले सारा मेला क्षेत्र गुन्जयमान बन्यो।

हरेक वर्गमा देखियो उत्साहबिहानदेखि हरेक उमेर वर्गमा श्रद्धालुहरू संगम स्नानको निम्ति पुग्न थाले। संगम नोज, एरावत घाट र वीआईपी घाट लगायत समस्त घाटहरूमा बिहानदेखि श्रद्धालुहरूलाई स्नान गरेको देखियो। युवाहरूले यस पावन क्षणलाई क्यामेरामा कैद गरे अनि सोशियल मिडियामा साझा गरे।

सनातन संस्कृतिको उत्सवयुवाहरूमा सनातन संस्कृति र आध्यात्मिकताप्रति विशेष उत्साह देख्न सकियो। संगम स्नान र दान पुण्यमा नानीहरूदेखि लिएर वृद्धहरूसम्मले उत्साहका साथ भाग लिए। स्नानपछि श्रद्धालुहरूले पवित्र संगम तटमा पूजा अर्चना गरे अनि दान गरे पुण्य लाभ अर्जित गरे।

सुरक्षाको अभूतपूर्व व्यवस्थामुख्यमन्त्री योगी आदित्यनाथको निर्देशमा मेला क्षेत्रमा सुरक्षाको अभूतपूर्व व्यवस्था गरिएको छ। इन्टीग्रेटेड कमाण्ड एण्ड कण्ट्रोल सेन्टरद्वारा कुना कुनामा निगरानी राखिॅंदैछ। डीआईजी र एसएसपी स्वयंले निगरानी राखिरहेका छन्। भीड प्रबन्धनको निम्ति अतिरिक्त पुलिस बल तैनात गरिएको छ।

श्रद्धालुहरूको अभिनन्दनपहिलो स्नान पर्व अवधि इन्द्रदेवले पनि आफ्नो कृपा बर्साए। एक दिनअघि हल्का पानी परेपछि चिसो हावा र हल्का हावाबीच श्रद्धालुहरूले पवित्र स्नानको आनन्द लिए। संगम क्षेत्रमा आस्थाको यस्तो अद्भुत संगम देखियो, जसले सनातन संस्कृति र आस्थाप्रति गौरवको अनुभूति गराए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande