— महाकुम्भमा 25 जनवरीमा हुनेछ साध्वी सम्मेलन
महाकुम्भनगर, 06 जनवरी (हि.स.)। विश्व हिन्दू परिषद (विहिप) को अखिल भारतीय मातृशक्ति एवं दुर्गा वाहिनीको तीन दिवसीय अभ्यास वर्ग महाकुम्भ प्रयागराजको मेला क्षेत्रमा 16 जनवरीदेखि शुरू हुनेछ। यस अभ्यास वर्गमा देशका सबै प्रान्तहरूबाट विहिपसॅंग सम्बन्धित मातृशक्ति एवं दुर्गा वाहिनीका कार्यकर्ताहरू सहभागी बन्नेछन्।
देशभरिबाट प्रतिनिधिहरू 15 जनवरीसम्म प्रयागराज पुग्नेछन्। पहिलो दिन 16 जनवरीमा नेतृत्व क्षमता र वक्ता कार्यशाला आयोजना गरिने छ। उक्त जानकारी दुर्गा वाहिनीकी राष्ट्रिय संयोजिका प्रज्ञा महालाले दिएकी हुन्।
नेतृत्व क्षमता र वक्ता कार्यशालालाई मातृशक्तिकी राष्ट्रिय संयोजिका मीनाक्षी पेशवे र राष्ट्रिय स्वयंसेवक संघ पूर्वी उत्तर प्रदेश क्षेत्रका सह क्षेत्र प्रचार प्रमुख एवं राष्ट्रधर्मका निदेशक मनोजकान्तले सम्बोधित गर्नेछन्। 17 जनवरीमा संगठनात्मक प्रशिक्षण गरिने छ। अभ्यास वर्गको समापन 18 जनवरीमा विहिपसॅंग सम्बन्धित वरिष्ठ पदाधिकारीहरूको मार्गदर्शन प्राप्त हुनेछ। समर्पण कार्यक्रमको तयारीको निम्ति दुर्गा वाहिनीका कार्यकर्ताहरू लागिपरेका छन्।
19 जनवरीमा हुनेछ महिला सम्मेलन
महाकुम्भ प्रयागराज मेला क्षेत्रमा 19 जनवरीमा महिला सम्मेलन आयोजित गरिने छ। यस महिला सम्मेलनमा मेरठ र लखनउ क्षेत्रका महिलाहरू सामेल हुनेछन्। यस सम्मेलनमा महिलाहरूसित सम्बन्धित विषयहरू जस्तै सुरक्षा, स्वावलम्बनमाथि चर्चा हुनेछ।
25 जनवरीमा हुनेछ साध्वी सम्मेलन
महाकुम्भमा 25 जनवरीमा साध्वी सम्मेलन हुनेछ। यस सम्मेलनमा विविध मत पन्थ सम्प्रदायसित सम्बन्धित साध्वीहरूले भाग लिनेछन्। विहिपसित सम्बन्धित सबै कार्यक्रम महाकुम्भ मेला क्षेत्रको सेक्टर 18 मा स्थित विहिप शिविरमा सञ्चालित हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी