लगातार पाँचौ महिना बढ़्यो कमर्शियल ग्यास सिलेण्डरको मूल्य, घरेलु ग्यासको मूल्य यथावत
महँगो भयो कमर्शियल ग्यास सिलेण्डर


- 5 महिनामा 172 रुपियाँभन्दा अधिक महँगो भयो कमर्शियल ग्यास सिलेण्डर

नयाँ दिल्ली, 1 दिसम्बर (हि.स.)। एलपीजी ग्यास सिलेण्डरको मू्ल्यमा एकपटक फेरि वृद्धि दर्ता गरिएको छ। सिलेण्डरको बढ़ेको मूल्य आजदेखि नै लागू हुनेछ। कमर्शियल ग्यास सिलेण्डरको मूल्यमा लगातार पाँचौ महिना वृद्धि गरिेएको छ। बढ़ेको मूल्य अनुसार अब कमर्शियल एलपीजी सिलेण्डरको मूल्य दिल्लीमा 1,802 रुपियाँदेखि बढ़ेर 1,818.50 रुपियाँ पुगेको छ।

दिल्ली जस्तै देशका अन्य भागहरूमा पनि कमर्शियल सिलेण्डर आजदेखि बढ़ेको मूल्यमा प्राप्त भइरहेको छ। दिल्ली अतिरिक्त अन्य मेट्रो शहरहरूमध्ये कोलकातामा 19 किलोग्रामको एलपीजी ग्यास सिलेण्डर 1,911.50 रुपियाँदेखि बढ़ेर 1,927 रुपियाँ पुगेको छ। यसरी नै मुम्बईमा यो मूल्य 1,754.50 रुपियाँदेखि बढ़ेर 1,771 रुपियाँ अनि चेन्नईमा 1,964.50 रुपियाँदेखि बढ़ेर 1,980.50 रुपियाँ प्रतिसिलेण्डर भएको छ।

अर्कोतिर 14.2 किलोग्राम वजन भएको घरेलु ग्यास सिलेण्डरको मूल्यमा भने कुनै फेरबदल गरिएको छैन। घरेलु एलपीजी ग्यास सिलेण्डरको मूल्य अन्तिम पटक पछिल्लो वर्षको अगस्तमा फेरबदल भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande