नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। घरेलु सरापी बजारमा आज सामान्य ह्रास दर्ता गरिएको छ। यस ह्रासको कारणले देशका अधिकांश सरापी बजारहरूमा 24 क्यारेट सुनले आज 77,760 रुपियाँदेखि 77,610 रुपियाँ प्रति 10 ग्रामको दायरामा कारबार गरिरहेको छ भने 22 क्यारेट सुन मूल्य 71,290 रुपियाँदेखि 71,140 रुपियाँ प्रति 10 ग्रामबीच बिक्री भइरहेको छ। चाँदीको भाउमा पनि आज सामान्य ह्रास दर्ता गरिएको छ जसकारण दिल्ली सरापी बजारमा यसको मूल्य 91,900 रुपियाँ प्रतिकिलोग्रामको स्तरमा पुगेको छ।
देशको राजधानी दिल्लीमा 24 क्यारेट सुनले आज 77,760 रुपियाँ प्रति 10 ग्रामको स्तरमा कारबार गरिरहेको छ भने 22 क्यारेट सुनको मूल्य71,290 रुपियाँ प्रति 10 ग्राम दर्ता गरिएको छ। देशको आर्थिक राजधानी मु्म्बईमा 24 क्यारेट सुन 77,610 रुपियाँ प्रति 10 ग्राम औ 22 क्यारेट सुन 71,140 रुपियाँ प्रति 10 ग्रामको स्तरमा बिक्री भइरहेको छ। यसरी नै अहमदाबादमा 24 क्यारेट सुनको रिटेल मूल्य 77,660 रुपियाँ प्रति 10 ग्राम औ 22 क्यारेट सुनको मूल्य 71,190 रुपियाँ प्रति 10 ग्राम दर्ता गरिएको छ।
यी प्रमुख शहरहरू अतिरिक्त चेन्नईमा 24 क्यारेट सुन आज 77,610 रुपियाँ प्रति 10 ग्रामको मूल्यमा अनि 22 क्यारेट सुन 71,140 रुपियाँ प्रति 10 ग्रामको मूल्यमा बिक्री भइरहेको छ भने कोलकातामा पनि 24 क्यारेट सुनले 77,610 रुपियाँ प्रति 10 ग्राम औ 22 क्यारेट सुनले 71,140 रुपियाँ प्रति 10 ग्रामको स्तरमा कारबार गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा