कामरूप (असम), 22 दिसम्बर (हि.स.)। गए शनिवार राती कामरूप जिल्लाको बामुंडी बांधवी पाराका बलेन कलिता र नब कलिता नामक दुईजना मानिसहरूको घरमा अचानक आगो लाग्यो। द्रुत गतिमा फैलिएको आगोलाई निभाउनका लागि स्थानीय मानिसहरू जुटे, तर एउटा घर पूर्ण रूपले जलेर खरानी भयो।
पुलिस अधिकारी नबाजित डेकाको नेतृत्वमा शुवालकुची थानाको एक टीम घटनास्थलमा पुग्यो अनि आगोलाई नियन्त्रण गर्न सफल भयो। यस आगलागीमा दुई लाखभन्दा अधिक सम्पत्तिको नोक्सान भएको छ। प्रभावित परिवारले बतायो, उनीहरूले आगो लाग्नुको कारण थाहा छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा