दक्षिण 24 परगना, 22 दिसम्बर (हि. स.)। लगभग 62 घण्टापछि मतला नदीमा झरेर बेपत्ता भएका पर्यटक प्रीतम पनुआको शव आइतवार बिहान भेटियो।
प्राप्त जानकारी अनुसार बेपत्ता भएका पर्यटक प्रीतमको शव बिहान 6:30 बजे गोपालगञ्जको नबिपुकुरमा नदी किनारमा भेटियो। सुन्दरवनमा पिकनिक मनाउन आएका पर्यटक प्रीतम पछिल्लो बिहीवार साँझ लगभग साढ़े चार बजे कुलतली ब्लकको कैखाली घाट नजिक मतला नदीमा नौकाबाट झरेका थिए। दक्षिण 24 परगना कुलपी थाना क्षेत्रको निश्चिंतपुरबाट 11 जना मानिसहरूको एक समूह बिहीवार बिहान पिकनिक मनाउन सुन्दरवन गएका थिए।
प्रीतम पेशाले कोलकाता पुलिसको सिभिक भोलन्टियर थिए भने ट्राफिक गार्डमा कार्यरत थिए। दुर्घटनापछि कुलतली थानाको पुलिस र सिभिक डिफेन्सले सर्च अपरेश शुरू गऱ्यो। अन्ततः 62 घण्टापछि बेपत्ता प्रीतमको शव घटनास्थलदेखि लगभत तीन-चार किलोमीटर टाड़ाबाट उद्धार गरियो। पुलिसले प्रितमको परिवारलाई सूचित गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा