खरसाङ, 22 दिसम्बर (हि.स.)। खरसाङ खण्डको गौरी शंकर सार्वजनिक भवनमा आइतवार भीबीडीसी खरसाङ खण्ड अन्तर्गत सांगठनिक सभा सभापति सपना लामाको सभापतित्वमा सम्पन्न गरियो। सभालाई सम्बोधन गर्दै केन्द्रिय समिति कोषाध्यक्ष चन्द्रकला छेत्रीले संगठनलाई मजबुत बनाउन हेतु सांगठनिक कार्यमा सबैको उपस्थिति हुनु जरुरी रहेको बताए।
केन्द्रिय समिति प्रवक्ता सुन्दर राईले संगठनमा फुटेर होइन जुटेर काम गर्नुपर्छ भन्दै हाम्रो समस्याको समाधान तब मात्र हुनेछ जब हामी एक भएर लड्नेछौँ भने। उनले आज संगठनको कतिवटा मागलाई लिएर राज्य, जिल्लामा हाम्रा प्रतिनिधिहरु लडिरहेको अवगत गराए। गत केही दिनअघि मिरिकमा केन्द्रिय समितिले एक सभा आयोजना गरेको अवगत गराउँदै उक्त सभालाई सफल पारिदिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिए।
उनले यस्ता कार्यक्रम, सभाहरूमा सबै उपस्थित भइदिन अनि आफ्ना कुनै पनि समस्या आइपरे जीपी, ब्लक, जिल्ला तथा राज्यका जनप्रतिनिधिहरुलाई जानकारी गराउन आह्वान गरे। सभामा केन्द्रिय समिति कोषाध्यक्ष चन्द्रकला छेत्री, केन्द्रिय समिति प्रवक्ता सुन्दर राई, खरसाङ ब्लक अध्यक्ष सपना लामा छेत्री, सचिव भूमिका छेत्री, ब्लक कोषाध्यक्ष निशी राई अनि नौवटा जीपीका भीबीडीसीका सदस्यहरु उपस्थित रहेको सुन्दर राईले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक