गान्तोकमा प्री नामसुङ उत्सव आयोजित
गान्तोकमा प्री नामसुङ उत्सव आयोजित


गान्तोक, 22 दिसम्बर (हि.स.)। जङ्गू हेरिटेजको तत्वावधानमा प्री नामसुङ उत्सव आयोजना गरिएको छ। वज्र वर्ल्ड गान्तोकमा आयोजित यस कार्यक्रममा राज्य सडक तथा पुल विभागका मन्त्री नर बहादुर दाहाल मुख्य अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा मन्त्री पिन्छो नामग्याल लेप्चा, पद्मश्री जोर्डन लेप्चा, संस्कृति विभागका मुख्य अभियन्ता रिम दोर्जी लेप्चा, एसकेएम विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चा, सिक्किम लेप्चा युवा संघका अध्यक्ष ओङदेन लेप्चा लगायत अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री दाहालले आफुलाई यस महत्वपूर्ण पर्वको अवसरमा आमन्त्रित गरिएकोमा समारोह आयोजकप्रति आभार व्यक्त गर्दै सबैमा नामसुङ उत्सवको शुभकामना व्यक्त गरे। कुनै पनि जातिको परम्परालाई संरक्षण र सम्बर्धन गर्न आवश्यक रहेको बताउॅंदै उनले लेप्चा जातिको यस महान पर्वको अस्तित्वलाई बचाएर राख्न प्रोत्साहित गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande