एउटै परिवारका तीन सदस्यको चक्कुले प्रहार गरी हत्या
एउटै परिवारका तीन सदस्यको चक्कुले प्रहार गरी हत्या


नयाँ दिल्ली, 4 दिसम्बर (हि.स.)। दक्षिणी जिल्लाको नेबसराय क्षेत्रमा त्रिपल मोर्डरबाट सन्त्राष फैलिएको छ। एउटै परिवारका तीनजना मानिसहरूको चक्कुले प्रहार गरी हत्या गरिएको छ। घरमा माता-पिता छोरीको शव भेटिएको छ। घटना घट्दा छोरा मर्निंग वकमा गएको थियो। फर्केर आउँदा मात्र उसलाई तीनैजनाको हत्या भएको थाहा लाग्यो। पुलिसले घटनाको जाँच गरिरहेको छ।

पुलिस जाँचबुझमा छोराले बतायो, उ बुधवार बिहान लगभग 5 बजे घरदेखि घुम्न हिँड़ेको थियो। घरमा बुवा राजेश, आमा कोमल अनि बहिनी कविता थिए। उ लगभग 7 बजे घरमा फर्केर आउँदा हत्या भइसकेको थियो। तीनैजनाको चक्कु रोपेर हत्या गरिएको छ।

राजेश मूल रूपमा हरियाणा निवासी थिए। केही वर्षअघि तिनी दिल्ली आएर नेबसराय क्षेत्रको देवली गाउँमा बस्दै आइरहेका थिए। छोराले बतायो, 4 दिसम्बरमा आमा-बुवाको वैवाहिक वर्षगाँठ थियो। पुलिसले छर-छिमेकका मानिसहरूबाट जानकारी जुटाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande