गान्तोक, 04 दिसम्बर (हि.स.)। राजधानीको सदर थाना क्षेत्र अन्तर्गत एक सात वर्षीय नाबालिग छोरीमाथि आफ्नै कान्छा बुबाले यौन दुर्व्यवहार गरेको घटना अघि आएको छ। घटनाको सम्बन्धमा 35 वर्षीय आरोपी व्यक्तिलाई पक्राउ गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, 3 दिसम्बरका दिन राजधानीको स्थानीय एउटा घरमा कान्छा बुबालाई आफ्नो सौतेनी छोरीमाथि यौन दुर्व्यवहार गरिरहेको अवस्थामा भेटियो। घर मालिकले आफ्नो एक किरायदारको कोठामा होहल्ला भएको सुनेपछि किरायदारको कोठाभित्र पसेर हेर्दा यस्तो दृश्य देखे। नाबालिग रोइरहेकी थिइन् भने नग्न अवस्थामा कान्छा बुबाले जबरजस्ती गरिरहेका थिए।
घर मालिक छर छिमेको सहयोगमा नाबालिगलाई कोठाबाट बाहिर निकाल्न सफल बनिन्। यसपछि, उनीहरूले सदर थानामा आरोपी व्यक्ति विरुद्ध शिकायत दर्ता गराए। पुलिसले आरोपी विरुद्ध पोक्सो अधिनियम र बीएनएस, 2023 को धारा 65(2) अन्तर्गत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल