नयाँ दिल्ली, 4 दिसम्बर (हि.स.)। नेब सराय क्षेत्रमा एउटै परिवारका तीनजना मानिसहरूको चक्कुले प्रहार गरी हत्या गरिएको मामिलामा दिल्लीकी मुख्यमन्त्री आतिशी अनि पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारमाथि प्रहार गरे।
आतिशीले एक्समा लेखिन्, दिल्लीमा दिउँसै हत्याहरू भइरहेका छन्, गोलीहरू चलिरहेका छन्, खुल्ला रूपमा ड्रग्स बिक्री भइरहेको छ। केन्द्र सरकारको दिल्लीमा एउटै मात्र जिम्मेवारी छ, दिल्लीका मानिसहरूलाई सुरक्षा प्रदान गर्नु। तर त्यो जिम्मेवारी पूरा गर्न पनि विफल भइरहेको छ।
यसरी नै अरविन्द केजरीवालले एक्समा लेखे, नेबसरायको एउटै घरका तीनजना सदस्यहरूको हत्या.... यो अत्यन्त पीड़ादायीक र भयानक हो। प्रत्येक दिन दिल्लीवासीहरूको बिहान यस्तै भयानक खबरहरूबाट भइरहेको छ। अपराधीहरूलाई खुल्ला छुट प्राप्त भएको छ, कानून-व्यवस्था ध्वस्त भइसकेको छ। घरको घर बर्बाद भइरहेको छ, अबोध जीवनहरू नष्ट भइरहेका छन्। तर जसको जिम्मेवारी हो, उनीहरलेू मुकदर्शक भएर हेरिरहेका छन्।
उल्लेखनीय छ, नेबसराय थाना क्षेत्रस्थित देवली गाउँमा बुधवार बिहान एउटै परिवारका तीनजना सदस्यहरूको चक्कुले प्र्हार गरी हत्या गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा