द्वारका एक्सप्रेस-वेमा दुईवटा कार आपस्तमा ठोक्किँदा आगलागी, एकजनाको मृत्यु
द्वारका एक्सप्रेस-वेमा दुईवटा कार आपस्तमा ठोक्किँदा आगलागी, एकजनाको मृत्यु


नयाँ दिल्ली, 04 दिसम्बर (हि.स.)। दिल्लीको द्वारका एक्सप्रेस-वेमा दुईवटा कारहरू आपस्तमा ठोक्किएर आगो लाग्यो। यस घटनामा एकजना मानिसको मृत्यु भयो। सूचनापछि पुलिस अनि दमकलको टीम घटनास्थलमा पुग्यो। एक घण्टाभित्रमा आगोलाई नियन्त्रण गरियो। पुलिसले शवलाई पोस्टमर्टमको लागि नजिकैको अस्पतालमा पुऱ्यो।

दमकल विभाग अनुसार गए अबेर राती 12ः20 बजे सूचना प्राप्त भएको थियो, द्वारका एक्सप्रेस-वे नजिक दुईवटा कारहरू आपस्तमा ठोक्किँदा आगलागी भयो। त्यसपछि दमकल विभाग र पुलिसको टीमले घटनास्थलमा पुगेर बचाउ कार्य शुरू गऱ्यो।

पुलिस सूत्र अनुसार यो दुर्घटना ईको र क्रेटा वाहनमाझ भिड़न्त भएर भएको हो। यस अवधि इकोका चालक फसे जसले गर्दा तिनी जलेर घाइते भए। पुलिसले तिनलाई नजिकैको अस्पतालमा पुऱ्यायो। डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। घटनामा अन्य दुईजना जलेर सामान्य रूपमा घाइते भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande