नयाँ दिल्ली, 4 दिसम्बर (हि.स.)। कंग्रेस सांसद राहुल गान्धीको आज हिंसा प्रभावित क्षेत्र संभलको भ्रमण गर्ने सूचनापथि पुलिसले गाजीपुर बोर्डरमा सुरक्षा बढ़ािएको छ। अर्कोतिर पुलिसको कड़ाईपछि दिल्ली-मेरठ एक्सप्रेस-वे अनि गाजीपुर बोर्डरमा भीषण जाम लाग्यो। फलस्वरूप आउने-जाने मानिसहरूलाई धेरै समस्या भइरहेको छ।
ट्राफिक पुलिस अनुसार बुधवार बिहान राजमार्गमा मानिहरू भेला हुने सूचना प्राप्त भयो। सड़कमा हुनसक्ने कुनै अप्रिय घटनालाई रोक्नको लागि सुरक्षाकर्मीहरूलाई तैनाथ गरिएको छ। गाजीपुर बोर्डर नजिक एक्सप्रेस-वेमा ब्यारिकेड्स लगाइएको कारणले व्यापक जाम लागेको छ। पुलिसकर्मीले एउटा-एउटा वाहनहरूको जाँच गरेर अगाड़ि पठाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा