आईपीएल 2024ः दिल्ली क्यापिटल्सका क्याप्टन बने ऋषभ पन्त
आईपीएल 2024ः दिल्ली क्यापिटल्सका क्याप्टन बने ऋषभ पन्त


नयॉं दिल्ली, 20 मार्च (हि.स.)। इण्डियन प्रीमियर लीग (आईपीएल) को आगामी संस्करणमा ऋषभ पन्तले दिल्ली क्यापिटल्सको नेतृत्व गर्नेछन्। फ्रेन्चाइजीले मंगलवार राति उक्त घोषणा गरेको हो।

विकेटकीपर-ब्याट्सम्यान 14 महिनापछि व्यावसायिक क्रिकेटमा फर्किरहेका छन् र विजागमा दिल्ली क्यापिटल्सको प्री-सीजन तयारी शिविरमा भाग लिइरहेका छन्।

डीसीका अध्यक्ष एवं सह-मालिक पार्थ जिंदलले मंगलवार भने, ऋषभ पन्तलाई क्याप्टनको रूपमा स्वागत गर्न पाउॅंदा खुशी लागिरहेको छ। धैर्य र निडरताले सदैव उनको क्रिकेट ब्रान्डलाई निर्धारित गरेको छ। म उनलाई फेरि हाम्रो टीमदेखि बाहिर गएको हेर्न प्रतीक्षा गर्न सक्दिन, किनकि हामी नयॉं जोश र उत्साहका साथ नयॉं सीजनको प्रतीक्षा गरिरहेका छौ।

टीमका सह-मालिक किरण कुमार गॉंधीले भने, ऋषभले आफ्नो जीवनको सबैभन्दा चुनौतीपूर्ण चरणहरू मध्ये एकमा अविश्वनीय रूपमा परिश्रम गरेका छन्। टीमका साथीहरूले नयॉं सीजनको शुरूवात गर्दा यसबाट प्रेरणा लिनेछन् भन्ने कुरामा सन्देह छैन। क्याप्टन ऋषभ पन्त र टीमलाई हाम्रो शुभकामना।

आईपीएल 2024 को आफ्नो पहिलो म्याच अन्तर्गत दिल्ली क्यापिटल्स र पंजाब किङ्ग्सबिच 23 मार्चमा चण्डीगढमा भिडन्त हुनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande