घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 मा चुनावी र समर्थन सभा सम्पन्न
घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 मा चुनावी र समर्थन सभा सम्पन्न


खरसाङ, 28 मार्च (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणीस्थित बुथ नम्बर 257 लाप्चेटारमा भागोप्रमोको चुनावी सभा साथै समर्थन सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले गरेको थियो।

उक्त चुनावी सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको सचिव अनिला राई प्रदीप प्रधान र सरला पाख्रिनले सम्बोधन गरेका थिए। सभामा वक्ताहरूले भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन सबैले सक्रिय भएर खट्न आह्वान् गरे।

यसै सभामा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 को रोहिणीस्थित लाप्चेटारबाट अन्य पार्टीहरू त्यागेर 18 परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताइएको छ। समर्थन जनाउने सबैले भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउने वचन दिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande