नक्सलवाद, आतङ्कवाद र गरीबी उन्मूलनको निम्ति मोदीलाई तेस्रो पल्ट प्रधानमन्त्री बनाऔं- अमित शाह
नक्सलवाद, आतङ्कवाद र गरीबी उन्मूलनको निम्ति मोदीलाई तेस्रो पल्ट प्रधानमन्त्री बनाऔं- अमित शाह


राजकोट, 27 अप्रेल (हि.स.)। केन्द्रिय मन्त्री एवं भाजपाका वरिष्ठ नेता अमित शाहले शनिवार एक चुनावी सभालाई सम्बोधित गर्दै मानिससित नक्सलवाद, आतङ्कवाद र गरीबी उन्मूलनको निम्ति नरेन्द्र मोदीलाई तेस्रो पल्ट प्रधानमन्त्री बनाउने अपील गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको वर्ष 2047 सम्म विकसित भारत बनाउने संकल्प छ, उनले भने।

अमित शाहले शनिवार राजकोट जिल्लाको जामकन्डोरणामा पोरबन्दर लोकसभा सीटका पार्टी उम्मेदवार केन्द्रिय मन्त्री मनसुख मान्डवियाको निम्ति चुनाउ प्रचार गरे। उनले दाबी गरे, देशमा अहिलेसम्म भएका दुई चरणको चुनाउमा राहुल गान्दीको पत्ता साफ भएको छ। सूरत सीटमा भाजपा उम्मेदवारलाई चुनाउ अगावै विजेता घोषित गरियो। उनले अनुच्छेद 370 समाप्त गरिनु र राममन्दिर निर्माणको पनि चर्चा गरे। आज उनले भने, गान्धी-सरदारको गुजरातलाई प्रधानमन्त्री नरेन्द्र मोदीले संसारमा पहिचान दिलाए। 10 वर्षको शासनकालमा नरेन्द्र मोदीले कांग्रेसले खनेको खाड़ललाई पुर्ने काम गरेका छऩ्। आगामी पाँच वर्षमा नीवं हाल्ने काम हुनेछ। मोदीले गुजराताई 5 लाख 95 हजार करोड़ रूपियाँ दिएका छऩ्।

उनले भने, कांग्रेस सरकारले महात्मा गान्धी र सरदार पटेलको नाम बिर्सेको थियो, अब सरदार पटेलको स्मारक पीएम मोदीले बनाएका छऩ्। समुद्री किनाराहरूलाई नरेन्द्र मोदीले सुरक्षित गरेका छऩ्। कांग्रेसले आफ्नो शासन भएका राज्यहरूमा आठ घण्टाभन्दा धेरै बिजुली दिन्थेन। जबकि पीएम मोदीले ज्योतिग्राम योजनाको माध्यमले गाउँहरूमा 24 घण्टा बिजुली दिने शुरूआत गरेका छऩ्। पीएम मोदीको कारण समग्र सौराष्ट्रमा विकासको चक्का द्रूत गतिमा घुमेको छ।

उनले पोरबन्दर लोकसभा सीटका भाजपा उम्मेदवार मनसुख मान्डवियाको उल्लेख गर्दै भने, कोरोनाकालमा मान्डवियाले नआत्तिएर एकदम शान्त मनले भ्याक्सीनको काम पूरा गरे। कांग्रेस सरकारमा देशमा 7 वटा एम्स थियो, आज हरेक साल एक लाख डाक्टर तयार भइरहेका छऩ्। यो मोदीको देन हो। जन औषधि केन्द्र मनसुख मान्डवियाले शुरू गराए। सौराष्ट्रमा पानीको समस्याको उल्लेख गर्दै उनले भने, सौराष्ट्रलाई कांग्रेस सरकारले जल संकटतिर धकेल्यो। मोदी सरकारले नर्मदाको माध्यमले पिउने पानी कच्छसम्म पुऱ्याए।

अयोध्याको चर्चामा शाहले भने, कांग्रेस सरकारले राममन्दिरको मुद्दा 70 वर्षसम्म थातीमा राख्यो। अन्ततः मोदीले दोस्रो पल्ट प्रधानमन्त्री बन्नसाथ राममन्दिरको निर्माण गराएर समग्र वातावरण जयश्रीरामको नाम गरेका छन्। गरीबहरूलाई अन्न, शौचालय, आफ्नो घर, उज्ज्वला ग्यास, कलबाट जल र 5 लाखसम्मको स्वास्थ्य सहायताको काम नरेन्द्र मोदीले गरे।

हिन्दुस्थान समाचार


 rajesh pande