भाजपा समेत विभिन्न पार्टीका सयकड़ौं कार्यकर्ता तृणमूलमा सामेल
भाजपा समेत विभिन्न पार्टीका सयकड़ौं कार्यकर्ता तृणमूलमा सामेल


अलिपुरद्वार, 28 मार्च (हि.स.)। लोकसभा चुनाउपूर्व बिहीवार कालचिनी मोदी लाइन क्षेत्रमा भाजपा सहित विभिन्न पार्टीका सयकड़ौं कार्यकर्ता तृणमूल कंग्रेस पार्टीमा सामेल भएका छन्। तृणमूल कालचिनी ब्लक अध्यक्ष असीम कुमार लामा सहित तृणमूल ब्लक तथा क्षेत्रीय नेताहरूको उपस्थितिमा सबैलाई पार्टीको झण्डा प्रदान गरी तृणमूल कंग्रेस पार्टीमा स्वागत गरियो।

यस अवसरमा तृणमूल कालचिनी ब्लक अध्यक्ष असीम कुमार लामाले भने, भाजपा सहित विभिन्न पार्टीका सयकड़ौं कार्यकर्ताहरू तृणमूलमा सामेल भएका छन्। लोकसभा चुनाउपूर्व क्षेत्रमा तृणमूल अझ शक्तिशाली भएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande