भाकपाबाट पूर्व आईपीएस अरविन्द सेन यादवले लोकसभा चुनाउ लड्ने
भाकपाबाट पूर्व आईपीएस अरविन्द सेन यादवले लोकसभा चुनाउ लड्ने


लखनऊ, 28 मार्च (हि.स.)। फैजाबाद संसदीय सीटबाट तीन पल्ट सांसद रहिसकेका स्व. मित्रसेन यादवका छोरा अरविन्द सेन यादव भारतीय कम्युनिस्ट पार्टीको चिन्हमा अयोध्या लोकसभाबाट चुनाउ लड्नेछन्। भारतीय कम्युनिस्ट पार्टीले शुक्रवार प्रत्याशीको रूपमा उनको नामको घोषणा गरेको छ।

यद्यपि, पूर्व आईपीएस अरविन्द सेन यादवले पहिलो पल्ट राजनीतिमा आफ्नो भाग्य अजमाइऱहेका छऩ्। जबकि उनका पिता स्व. मित्रसेन यादव 1989 मा कम्युनिस्ट पार्टीको टिकटमा फैजाबादबाट सांसद चुनिएका थिए। यसपछि एक पल्ट बसपाबाट र एक पल्ट सपाबाट सांसद रहे। अरविन्द सेन यादवका कान्छा भाई आनन्द सेन यादव पहिलेदेखि नै राजनीतिमा छन्। उनी बसपा सरकारमा मन्त्री पनि रहे। यस समय उनी समाजवादी पार्टीमा छऩ्। 2022 को विधानसभा चुनाउमा सपाले आनन्द सेन यादवलाई रूदौलीबाट टिकट दिएको थियो तर उनी चुनाउमा पराजित भए।

अरविन्द सेनले अयोध्यामा सपा प्रत्याशीको योजना बिगार्नसक्ने

आफ्नो पिताको नामको सहारा राजनीतिमा भाग्य अजमाइरहेका अरविन्द सेन सफल हुन्छन् वा हुँदैनन् तर उनले सपा प्रत्याशीको काम बिगार्न सक्छन्। अयोध्याबाट सपाले पूर्व मन्त्री एवं मिल्कीपुरबाट विधायक अवधेश प्रशादलाई प्रत्याशी बनाएको छ। कम्युनिस्ट पार्टीबाट अरविन्द सेन चुनावी मैदानमा आउँदा सपाको भोटहरू छर्रिनु तय छ किनभने जिल्लामा कम्युनिस्ट पार्टीको त कुनै जनाधानर छैन तर उनका पिता मित्रसेन यादवको प्रभाव अवश्य छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande