अवैध बलुवा खनन मामिलामा सीबीआई रेड, आपत्तिजनक दस्तावेज जफत
अवैध बलुवा खनन मामिलामा सीबीआई रेड, आपत्तिजनक दस्तावेज जफत


नयाँ दिल्ली, 27 अप्रेल (हि.स.)। केन्द्रिय जाँच ब्यूरो (सीबीआई) ले राजस्थानमा अवैध बलुवा खननसित सम्बन्धित एक मामिलाको जाँच आफ्नो हातमा लिनसाथ खोजी अभियान शुरू गऱ्यो। सीबीआई टीमले बून्दीमा आरोपित व्यक्तिहरूको आवासीय परिसरहरूको तलाशी लियो, जसमा आपत्तिजनक दस्तावेज जफत गरियो। सीबीआई प्रवक्ताले शनिवार यसको जानकारी दिए।

सीबीआई अधिकारीहरू अनुसार, राजस्थान पुलिसले डम्परमा 40 मीट्रिक टन लघु-खनिज (बलुवा) बोकेको आऱोपमा डम्पर मालिकलाई पक्राउ गरेको थियो। वर्तमान समयमा डम्पर मालिक न्यायिक हिरासतमा छ। राजस्थान उच्च न्यायालयको जयपुर खण्डपीठको आदेशमा सीबीआईले एक पल्ट फेरि राजस्थानमा अवैध बलुवा खननको आरोपहरूसित सम्बन्धित एक मामिला दर्ता गरेको छ।

सीबीआई प्रवक्ता अनुसार, अवैध खननको आरोपमा बून्दी जिल्लाको थाना सदरमा डम्पर मालिक जब्बार र डम्पर चालक शाहरूखको नाम एफआईआर दर्ता भएको छ। पहिलेदेखि दर्ता यस मामिलाको जाँच सीबीआईले आफ्नो हातमा लिएको छ। राज्य पुलिसबाट यस्ता मामिलाहरूको जानकारी पनि मागिएको छ। उच्च न्यायालयले चम्बल र बनास नदीहरू वरिपरिका सक्रिय क्षेत्रहरूमा यस प्रकारका मामिलाहरूको जाँच गर्न सीबीआईलाई निर्देश दिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande