दुई दिनदेखि बेपत्ता युवकको फाँसीमा झुण्डिएको शव भेटियो
दुई दिनदेखि बेपत्ता युवकको फाँसीमा झुण्डिएको शव भेटियो


जलपाईगुड़ी, 28 मार्च (हि.स.)। दुई दिनदेखि बेपत्ता युवकको रूखमा झुण्डिएको शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा तनाउ व्याप्त भएको छ। बिहीवार बिहान फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको राजीव पाड़ा क्यानल संलग्न क्षेत्रबाट युवकको शव उद्धार गरियो। मृत युवकको नाम देबाशीष राय (20) हो।

पारिवारिक सूत्र अऩुसार बितेको मंगलवार राती घरदेखि हिँड़ेका देबाशीष घरमा फर्केका थिएनन्। परिवारले सबैतर खोजे पनि उसको बारेमा पत्तो लाग्न सकेको थिएन। आज बिहान देवाशीषको शव एउटा रूखमा झुण्डिरहेको अवस्थामा भेटियो। परिवारले हत्या गरेपछि शवलाई रूखमा झुण्डाएको आशंका व्यक्त गरेका छन्।

घटनाको सूचनामा एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा पठाइदियो। एनजेपी थानाको पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande