कानपुर-सागर राजमार्गमा ट्रकमा लाग्यो आगो, दुईको मृत्यु
कानपुर-सागर राजमार्गमा ट्रकमा लाग्यो आगो, दुईको मृत्यु


महोबा, 28 मार्च (हि.स.)। उत्तर प्रदेशको कानपुर-सागर राष्ट्रिय राजमार्गमा बुधवार राति दुईवटा ट्रक एक अर्कासॅंग ठोकिॅंदा आगो लाग्यो। यस दुर्घटनामा दुई जनाको मृत्यु भयो। फायर ब्रिगेडले आगो निभाउन निकै परिश्रम गर्नु परेको थियो। यसपछि, क्रेनको मद्दतद्वारा ट्रकहरूलाई अलग गरियो। जिल्ला अपर पुलिस अधिक सत्यमले घटनाको पुष्टि गरेका छन्।

यो दुर्घटना महोबा जिल्लाको खन्ना थाना क्षेत्रको सीमामा भएको हो। आगो लागेको ट्रक देखेपछि मानिसहरूले पुलिसलाई सूचना दिए। पुलिसले फायर ब्रिगेडको तीन गाडी घटनास्थलमा पठायो र आगोलाई नियन्त्रित गरियो। यसपछि, क्रेनको मद्दतद्वारा ट्रकहरूलाई अलग गरियो र ट्रकमा फॅंसेका शवहरू बाहिर निकालियो।

यस घटनामा ट्रक चालक 30 वर्षीय राजकुमार पाल र 35 वर्षीय विपिन मौयको मृत्यु भएको छ। मृतक राजकुमार पालका परिजन अनुसार, उनी लखनउबाट कबरई ग्रिट लिन आइरहेका थिए। उनको परिवारमा पत्नी, दुई छोरी र एक छोरा छन्।

जिल्ला अपर पुलिस अधिक सत्यमले भने, ‘यातायात अब सामान्य बनेको छ।‘ उल्लेख्य, जिल्लाको कबरई मण्डी पत्थर व्यवसायको निम्ति देशभरि प्रसिद्ध छ। यहॉं हरेक दिन हजारौंको संख्यामा ट्रक ग्रिट, डस्ट आदि लिन आउॅंछन्। कानपुर-सागर राष्ट्रिय राजमार्ग लामो समयदेखि खूनी राजमार्ग बनेको छ। अहिलेसम्म दुर्घटनामा हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाइसकेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande