लोकसभा चुनाउको दोस्रो चरणको निम्ति नामाङ्कन प्रक्रिया शुरू
लोकसभा चुनाउको दोस्रो चरणको निम्ति नामाङ्कन प्रक्रिया शुरू


नयॉं दिल्ली, 28 मार्च (हि.स.)। लोकसभा चुनाउको दोस्रो चरणको निम्ति नामाङ्कन बुझाउने प्रक्रिया आज (बिहिवार) देखि शुरू भएको छ। भारत निर्वाचन आयोगले यसको निम्ति राजपत्र अधिसूचना जारी गर्नेछ।

आयोगले हिजो भनेको थियो, आम चुनाउ 2024 को दोस्रो चरणमा 12 राज्य र केन्द्रशासित प्रदेशका 88 सीटमा 26 अप्रेलमा मतदान हुनेछ। यस चरणमा असम, बिहार, छत्तीसगढ़, जम्मू-कश्मीर, कर्नाटक, केरल, महाराष्ट्र, मध्य प्रदेश, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका साथै बाहिरी मणिपुरको एक सीट सामेल छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande