कलियोनी चिया बगानमा भेटियो चितुवाको शव
कलियोनी चिया बगानमा भेटियो चितुवाको शव


गोलाघाट (असम), 29 मार्च (हि.स.)। गोलाघाटको कलियोनी गुटीबारीमा आज चितुवाको शव भेटिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको वन विभागको टीमले चितुवाको शवलाई उद्धार गऱ्यो।

प्राप्त जानकारी अनुसार गोलाघाट वन प्रभागको बकियाल खण्ड वन कार्यालय अन्तर्गत बुढ़ागोहाईखाटको 2 नम्बर कलियोनी चिय बगानको गुटीबारीमा आज एउटा चितुवाको शव भेटियो। स्थानीय मानिसहरूले सन्देह व्यक्त गरेका छन्, दुईवटा चितुवाको भिड़न्तमा एउटाको मृत्यु भएको हुनसक्छ।

यसबीच वन विभागीय टीमले घटनास्थलमा पुगेर जाँच गरी चितुवाको शवको पोस्टमर्टम गर्ने व्यवस्था गऱ्यो। वन विभागको भनाइ छ, पोस्टमर्टम गरेपछि चितुवाको मृत्युको कारण खुलासा हुनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande