सा नोर चोत्सोग साक्या गुम्बामा प्रार्थना केन्द्रको उद्घाटन
मुख्यमन्त्री तामाङले जनाए नोर चोत्सोङ साक्या गुम्बामा आयोजित प्रार्थना समारोहमा सहभागिता


गान्तोक, 29 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सा नोर चोत्सोग साक्या गुम्बामा आयोजित प्रार्थना केन्द्रको उद्घाटन समारोहमा भाग लिए। गुम्बाको प्रार्थना केन्द्र सोगचेन सुङलाखाङको उद्घाटन समारोहमा परमपावन साक्या गोङमा त्रीचेन दोर्जेछाङ रिम्पोछेको विशेष उपस्थिति रहेको थियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि परमपावन रिम्पोछेले संयुक्त रुपमा प्रार्थना गृहको विधिवतरूपमा उद्घाटन गरे। मुख्यमन्त्री तामाङले परमपावन रिम्पोछेबाट आशीर्वाद गृहण गर्दै पूजा अर्चनामा भाग लिए। यस अवसरमा परमपावन रिम्पोछेले उपस्थित सृद्धालुहरूमा आशिरवचन पनि राखेका थिए।

हिन्दुस्थान समाचार


 rajesh pande