हिंसक संघर्षमा वृद्धको कुटेरै हत्या, 14 जनाविरूद्ध मुद्दा दर्ता
हिंसक संघर्षमा वृद्धको कुटेरै हत्या, 14 जनाविरूद्ध मुद्दा दर्ता


नवादा, 29 मार्च (हि.स.)। जिल्लामा वारिसलीगंज थाना क्षेत्रको नेवाजगढ़ गाउँमा शुक्रवार जमीनको विवादलाई लिएर भएको हिंसक संघर्षमा एक वृद्धको मृत्यु भयो भने अन्य दुईजना घाइते भए।

सबै घाइतेहरूलाई नवादा सदर अस्पतालमा भर्ती गरिएको छ। उक्त गाउँमा आफ्नै परिवारमाझ भयानक कुटपिट भयो। घटनामा स्व. रामकिशुन सिंहका 70 वर्षीय पुत्र बाबुलाल सिंह सहित तीनजना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्। गम्भीर रूपमा घाइते बाबुलाल सिंहलाई स्थानीय वारसलीगंज पीएचसीमा भर्ती गरिएको थियो जहाँबाट चिकित्सकहरूले प्राथमिक उपचार गरेपछि गुणस्तरीय उपचारको निम्ति सदर अस्पतालमा रेफर गरिदिए। तर सदर अस्पताल पुग्नअघि नै बाबुलालको बाटोमै मृत्यु भयो। अन्य दुई विनोद सिंह र सन्दीप शरणको उपचार अस्पतालमा भइरहेको छ।

यस मामिलामा मृतकका पुत्र बिपिन सिंहले पुलिस समक्ष दिएको बयानमा बताएका छन्, बिहान मेरा पिता बाबुलाल सिंह आफ्नो घरमै थिए। अचानक लौरो, हतियार आदि लिएर आएका शेष कुमार सिंहका समर्थकहरूले हाम्रो घरभित्र पसेर कुटपिट गर्न थाले। उनले बताए, पुरानो मुद्दालाई उठाएकोले यो आक्रमण भएको हो। यसमा घाइते मेरा पिताको उपचारको क्रममा मृत्यु भएको छ।

पुलिस मामिलाको अनुसन्धानमा जुटिसकेको छ। यस घटनामा 14 जनालाई आरोपी बनाइएको छ। दुई पक्षमाझ लामो समयदेखिको जमीन विवाद भइरहेको थियो जसमा धेरैपटक कुटपिटका घटनाहरू घटिसकेका छन्। यसको प्राथमिकी स्थानीय थानामा दर्ता गरिसकिएको छ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande