मोदी सरकारले देशको अवस्था सोचनीय बनाएको डा मुनिष तामाङको आरोप
मोदी सरकारले देशको अवस्था सोचनीय बनाएको डा मुनिष तामाङको आरोप


दार्जीलिङ, 17 अप्रेल (हि.स.)। मोदी सरकारले देशको अवस्था सोचनीय बनाएको र नानीहरूको भविष्यसँग खेलवाड गरेको आरोप कांग्रेस उम्मेदवार डा. मुनिष तामाङले बताएका छन्। इन्डी गठबन्धन समर्थित कांग्रेस उम्मेदवार डा मुनिष तामाङको चुनावी जनसभा आज बिजनबारीमा सम्पन्न भयो। सभामा कांग्रेस उम्मेदवार डा. मुनिष तामाङ, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, माकपा नेता केबी वातर आदि उपस्थित रहेका थिए।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस डा. तामाङले मोदी सरकारले देशको अवस्था सोचनीय बनाएको आरोप लगाए। उनले भने, केन्द्र सरकारले युवा जमातहरूलाई बेरोजगारको दिशातिर दिन प्रतिदिन धकेल्दै लाँदैछ। हाम्रा युवा भाई—बहिनीहरूको भविष्य अन्धकारतिर लम्किन्दै जान्दैछ। रोजगारको ब्यवस्था ठीक छैन, शिक्षा ब्यवस्था पनि दिन प्रतिदिन खस्किन्दै जान्दैछ। आफु स्वयम् दिल्ली विश्व विद्यालयमा पढाउने एकजना शिक्षक भएको नाताले देशको शिक्षा व्यवस्था खस्किन्दै गएको अनुभव गर्दैछु।

उनले अझ भने, विश्व विद्यालयहरूको वार्षिक शुल्कहरू दिनप्रति दिन बढ्दै जान्दैछ। हाम्रा गरीब बाबा आमाहरूले चाहेर पनि प्राइभेट कलेजहरू पढाउन सक्दैनन्। योभन्दा ठूलो दु:खको कुरा अरू के हुन सक्छ। विगतको चुनाउमा प्रधानमन्त्री नरेन्द्र मोदीले रोजगार दिने वाचा गरेको थियो तर खोई? उनले मोदी सरकारमाथि नानीहरूको भविष्यसॅंग खेलवाड गरिरहेको आरोप लगाए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande