रेजिनगर विस्फोटकाण्डः कंग्रेस र तृणमूलमाझ आरोप-प्रत्यारोपको सिलसिला आरम्भ
रेजिनगर विस्फोटकाण्डः कंग्रेस र तृणमूलमाझ आरोप-प्रत्यारोपको सिलसिला आरम्भ


मुर्शिदाबाद, 17 अप्रेल (हि.स.)। जिल्लाको रेजिनगर थाना अन्तर्गत नाजिरपुर पश्चिमपाड़ामा अवस्थित एक काठ मिलको पछिल्लोतिर भएको बम विस्फोटको घटनालाई लिएर राजनीतिक बयानबाजीको सिलसिला शुरू भएको छ। यद्यपि यस घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन। सूचना पाए लगत्तै बुधवार बम निरोधक दल घटनाको जाँचकोलागि घटनास्थलमा पुगेको छ। दलले यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि घटनास्थलमा अन्य बमहरू पनि संग्रह गरेर राखिएको त छैन।

सूत्र अनुसार गए मंगलवार साँझ भएको विस्फोटपछि सम्पूर्ण क्षेत्रलाई धुँवाले ढाकेको थियो। स्थानीय मानिसहरूलाई शुरूमा यस्तो लाग्यो कि विद्युत गड़बड़ीको कारणले ट्रान्फर्मर विस्फोट भयो। तर केही समयपछि फेरि श्रृंखलाबद्ध विस्फोट भएपछि सम्पूर्ण क्षेत्र नै थर्कियो। कथित रूपमा लुकाएर राखिएको बम गर्मीको कारणले विस्फोट भएको हो।

चुनाउपूर्व भएको यस विस्फोटको घटनालाई लिएर राजनीतिक घमासान शुरू भेको छ। तृणमूलले आरोप लगायो, लोकसभा चुनाउमा सन्त्राष फैलाउनको लागि कंग्रेस समर्थित उपद्रवीहरूले बम संग्रह गरेर राखेका थिए जुन विस्फोट भयो। घटनाको सम्बन्धमा रेजीनगर ब्लक कंग्रेस अध्यक्ष मिन्टु सिंहले आरोप लगाए, 'रेजिनगरका तृणमूल विधायकका मानिसहरूले काठ मिलको पछाड़ि बम राखेका थिए जुन गर्मीको कारणले विस्फोट भयो।

अर्कोतिर मुर्शिदाबाद जिल्लाका तृणमूल सांगठनिक अध्यक्ष नियामत शेखले आरोप लगाउँदै भने, कंग्रेस समर्थित उपद्रवीहरूले क्षेत्रमा आतंक फैलाउन तथा चुनाउपूर्व कानून व्यवस्थालाई प्रभावित पार्नको लागि बम एकत्र गरिरहेका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande