नक्सलीहरूलाई शहीद बताउने कांग्रेसको बयानमा भाजपा भन्यो- यो सेनाको अपमान
नक्सलीहरूलाई शहीद बताउने कांग्रेसको बयानमा भाजपा भन्यो- यो सेनाको अपमान


नयाँ दिल्ली, 18 अप्रेल (हि.स.)। नक्सलीहरूलाई शहीद बताउने कांग्रेसको बयानमा भाजपाले हमला गर्दै यसलाई सेनाको अपमान बताएको छ। भाजपाले भन्यो, राष्ट्रनीतिको मुद्दामा तुच्छ राजनीति गर्नु कांग्रेसको चरित्र बनिसकेको छ। भोटको राजनीतिको निम्ति यदि कांग्रेसलाई आतङ्कीहरूको वकालत गर्नपरेपनि कांग्रेस पछि हट्नेछैन।

बिहिवार भाजपा मुख्यालयमा पार्टी प्रवक्ता शहजाद पूनावालाले मीडियासित कुराकानीमा भने, छत्तीसगढ़मा सुरक्षा बलहरूद्वारा ठूलो कारबाहीमा 29 नक्सली मारिएको घटनामा कांग्रेसले जाँच गराउने माग गरिरहेछ। आज सुरक्षाबलहरूको स्वागत गर्नको साटो कांग्रेस पार्टीले आतङ्की, नक्सली र उग्रवादीहरूलाई शहीद बताइरहेछ। यो सेनाको अपमान हो।

छत्तीसगढ़मा 29 नक्सली मारिन्दा कांग्रेसका प्रवक्ता सुप्रिया श्रीनेतको बयान लज्जास्पद छ। नक्सलीहरूबाट मशीन गन जफत भयो तर कांग्रेसले यिनीहरूलाई शहीद बताइरहेछ र जाँच गराउने माग गरिरहेछ।

नक्सलहरूप्रथि समवेदना प्रकट गरिरहेछ। उसलाई हाम्रा सेनाका शूरवीरहरू नजर आउँदैन। कांग्रेसको यस चरित्रको लामो इतिहास रहेको छ, उसलाई आफ्नो भोटको सुरक्षाको चिन्ता छ। कांग्रेस पार्टीको सेनाको शौर्यलाई प्रश्नको घेरामा घेर्ने बानी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande