जेलमा सीएम केजरीवाललाई दिइको छैन इन्सुलिन, डाइट चार्टमा ईडीले झूटो बोलिरहेको छः संजय सिंह
जेलमा सीएम केजरीवाललाई दिइको छैन इन्सुलिन, डाइट चार्टमा ईडीले झूटो बोलिरहेको छः संजय सिंह


नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आप)-को दाबी छ, तिहाड़ जेल प्रशासनले मुख्यमन्त्री अरविन्द केजरीवाललाई इन्सुलिन उपलब्ध गराइरहेको छैन।

आम आदमी पार्टीका वरिष्ठ नेता एवं राज्यसभा सदस्य संजय सिंहले शुक्रवार पार्टी मुख्यालयमा प्रेसवार्ता आयोजना गरी भने, न्यायिक हिरासतम अवधि ‘मैले कोर्टमा पेशीको समयमा भनेको थिएँ- अरविन्द केजरीवालविरूद्ध गहिरो षड़यन्त्र भइरहेको छ। त्यसबेला मेरो बयानमाथि आपत्ति जनाइएको थियो। भारतीय जनता पार्टी (भाजपा)-को कार्यपद्धि र यस पार्टीका नेताहरूले जसरी काम गर्दछन् त्यसबाट स्पष्ट हुन्छ कि उनीहरूले कसैको पनि ज्यान लिने हदसम्म षड़यन्त्र रच्ने गर्दछन्।

संजय सिंहले भने, ईडी, एलजी अफिस र जेलका अधिकारीहरूले मिलेर अरविन्द केजरीवालको बारेमा षड़यन्त्र गर्दै मीडियामा भ्रामक तथा झूटो समाचारहरू फैलाइरहेका छन्। जेलका नियमहरू अनुसार कुनै पनि बन्दीको स्वास्थ्य अनि खानपानसित सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्न सकिँदैन।

ईडीले गए बिहीवार कुन आधारमा अरविन्द केजरीवालको झूटो डाइट चार्टलाई मीडियामा प्रचार गरायो, यसको पछाड़ि के षड़यन्त्र छ, के जेल प्रशासनसित मिलेर ईडीले केजरीवाललाई कुनै बहानामा विष दिएर ज्यान लिने षड़यन्त्र रचिरहेको छ? किनभने ईडीले हिजो मीडियामा जे प्रचार गऱ्यो, त्यो पूर्ण रूपले झूटो थियो।

संजय सिंहले भने, पछिल्लो 30 वर्षदेखिको अरविन्द केजरीवाल सुगरका रोगी हुन् र इन्सुलिन लिने गर्दछन्। कुनै पनि सुगरका रोगीको निम्ति इन्सुलिन अत्यन्त महत्वपूर्ण औषधि हो। यदि समय छँदै रोगीलाई इन्सुलिन दिइएन भने उसको ज्यान पनि जानसक्छ। भाजपाको इसारामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जीवनसित खेलवाड़ गरिँदैछ।

संजय सिंहले भने, हामी चाँड़ै नै भारतकी राष्ट्रपति औ चुनाउ आयोग समक्ष अरविन्द केजरीवारलको जीवनसित भइरहेको खेलवाड़को सिकायत गर्नेछौं। हाम्रा नेतालाई बदनाम गराउने तथा उनको जीवनसित खेलवाड़ गर्ने षड़यन्त्रमा सामेल जेल प्रशासन, एलजी अफिस र ईडीका अधिकारीहरूलाई निलम्बन गर्ने माग गर्नेछौं।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande