नारायण मूर्तिका नातिलाई 4.2 करोड़ लाभांश प्राप्त
नारायण मूर्तिका नातिलाई 4.2 करोड़ लाभांश प्राप्त


नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। सूचना एवं प्रौद्योगिकी (आईटी) कम्पनी इन्फोसिसका फाउण्डर नारायण मूर्तिका पाँच महिनाका नाति एकाग्र मूर्तिलाई आफ्नो 15 लाख शेयर्समा 4.2 करोड़ रुपियाँको लाभांश प्राप्त भएको छ। नारायण मूर्तिले गत महिना मात्र आफ्नो नातिलाई उक्त शेयर्स उपहार दिएका थिए। यी शेयर्सहरूको भेल्यु लगभग 210 करोड़ रुपियाँ छ।

देशको दोस्रो वृहत सूचना एवं प्रौद्योगिकी (आईटी) कम्पनी इन्फोसिसले गए 18 अप्रेलमा वित्त वर्ष 2023-24 को चौथो त्रयमासिक परिणाम जारी गरेको थियो। कम्पनीले यस त्रयमासको लागि शेयरधारकहरूलाई 28 रुपियाँ प्रतिशेयर लाभांश दिने घोषणा गरेको छ। यसमा 20 रुपियाँको फाइनल लाभांश अनि 8 रुपियाँको वान-टाइम लाभांश सामेल छ।

उल्लेखनीय छ, इन्फोसिसको वित्त वर्ष 2023-24 को चौथो (जनवरी-मार्च) त्रयमासमा मुनाफा 30 प्रतिशत बढ़ेर 7,969 करोड़ रुपियाँ पुगेको छ। कम्पनीको निदेशक मण्डलले आफ्ना शेयरधारकहरूलाई 28 रुपियाँ प्रतिशेयर लाभांश दिने घोषणा गरेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande