बाबा रामदेवको याचिकामाथि सुप्रीम कोर्टले छत्तीसगढ़ र बिहार सरकारसित जवाफ माग्यो
बाबा रामदेवको याचिकामाथि सुप्रीम कोर्टले छत्तीसगढ़ र बिहार सरकारसित जवाफ माग्यो


नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। सुप्रीम कोर्टले एलोप्याथिक औषधिहरूमाथि गरिएको टिप्पणीलाई लिएर छत्तीसगढ़ तथा बिहारमा बाबा रामदेवविरूद्ध दर्ता एफआईआर रद्द गर्ने अनि सबैलाई एकसाथ जोड़्ने मागमा गरिएको याचिकामाथि छत्तीसगढ़ तथा बिहार सरकारलाई जवाफ दर्ता गराउने अन्तिम अवसर दिएको छ।

जस्टिस एएस बोपन्नाको अध्यक्षतामा रहेको बेञ्चले बाबा रामदेवको याचिकामाथि छत्तीसगढ़ र बिहार सरकारलाई जवाफ दर्ता गर्नको लागि थप समय दियो।

बाबा रामदेवले देशका अलग-अलग भागहरूमा दर्ता एफआईआरलाई एकसाथ क्लब गर्ने माग गरेका छन्। साथै बाबा रामदेवले आईएएमएको पटना अनि रायपुर ब्राञ्चद्वारा दर्ता एफआईआरलाई दिल्ली ट्रान्सफर गर्ने माग गरेका छन्। रायपुरमा बाबा रामदेवविरूद्ध भारतीय दण्ड संहिताका धारा 188, 269 र 504 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

आईएमएले आफ्नो सिकायतमा भनेको छ, रामदेवले गलत जानकारी फैलाएका छन्। आईएमएको आरोप छ, कोरोनाको दोस्रो लहरमा बाबा रामदेवले आधुनिक चिकित्सा विज्ञानप्रति आम मानिसहरूको मनमा भ्रम उत्पन्न गरे अनि अविश्वासलाई बढ़ाएका छन्। यसबाट डाक्टरहरूको भावनामा ठेस पुगेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande