83.21 प्रतिशतका साथ गेजिङ जिल्लामा राज्यकै सर्वाधिक मतदान
83.21 प्रतिशतका साथ गेजिङ जिल्लामा राज्यकै सर्वाधिक मतदान


गान्तोक, 20 अप्रेल (हि.स.)। सिक्किममा 11औं विधानसभा र 18औं लोकसभाको निम्ति शुक्रवार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भयो। बिहान 7 बजीदेखि शुरू भएको मतदान अबेर रातिसम्म चलेको थियो। राज्यमा कुल 79.90 प्रतिशत मतदान भएको छ।

राज्यमा गेजिङ जिल्लामा सर्वाधिक मतदान भएको छ। यहॉं 83.21 प्रतिशत मतदान भएको छ। दोस्रो सर्वाधिक मतदान नाम्ची जिल्लामा भएको छ, जहॉं 81.86 प्रतिशत मतदान रेकर्ड गरियो। यसैगरी, तेस्रो सर्वाधिक मतदान सोरेङ जिल्लामा भएको छ। यहॉं 81.77 प्रतिशत मतदान भएको छ।

उत्तर सिक्किमको मंगन जिल्लामा चौथो सर्वाधिक मतदान भएको छ, जहॉं 80.51 प्रतिशत मतदान रेकर्ड गरियो। यसरी नै पॉंचौं सर्वाधिक मतदान गान्तोक जिल्लामा भएको छ। यहॉं 80.03 प्रतिशत मतदान रेकर्ड गरियो। पाकिम जिल्लामा 79.95 प्रतिशत मतदान भएको छ।

सङ्घ सीटको निम्ति 67.18 प्रतिशत मतदान भएको छ। उल्लेख्य, पोस्टल ब्यालेट समावेशका साथ जिल्लाका मत प्रतिशतको आंकड़ा पनि बढ्ने सक्ने सम्भावना रहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande