बान्दीपोरामा भिड़न्त जारी, दुई जवान घाइते
बान्दीपोरामा भिड़न्त जारी, दुई जवान घाइते


बान्दीपोरा, 24 अप्रेल (हि.स.)। बान्दीपोरा जिल्लामा सुरक्षाबलहरू र आतङ्कीहरूबीच बुधवार भिड़न्त शुरू भएको छ। यस भिड़न्तमा दुईदेखि तीन आतङ्की सुरक्षाबलहरूको घेरामा फंसेको बताइएको छ। यस भिड़न्तमा दुई जवान पनि घाइते भएको खबर छ। घाइते जवानहरुलाई उपचारको निम्ति अस्पताल पुऱ्याइएको छ, जहाँ उनीहरूको उपचार भइरहेछ।

कश्मीर जोन पुलिसले जानकारी गराएको छ, अरागाम बान्दीपुराको रेन्जी वन क्षेत्रमा आतङ्कीहरू र सुरक्षाबलहरूबीच भिड़न्त शुरू भएको छ। यस भिड़न्तमा दुईदेखि तीन आतङ्की सुरक्षाबलहरूको घेरामा फंसेका छन्। यस भिड़न्तमा दुई जवान पनि घाइते भएका छन्। अहिलेसम्म कुनैपनि आतङ्की मारिएको सूचना छैन। समाचार लेखिञ्जेलसम्म सुरक्षाबलहरू र आतङ्कीहरूबीच भिड़न्त जारी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande