विगत 60 वर्षदेखि कांग्रेस जाति र धर्मको नाममा घृणा फैलाउन लागिपरेको छ: अनुराग ठाकुर
विगत 60 वर्षदेखि कांग्रेस जाति र धर्मको नाममा घृणा फैलाउन लागिपरेको छ: अनुराग ठाकुर


नयॉं दिल्ली, 24 अप्रेल (हि.स.)। केन्द्रिय मन्त्री अनुराग ठाकुरले कांग्रेसमाथि विगत 60 वर्षदेखि जाति र धर्मको नाममा घृणा फैलाउन लागिपरेको आरोप लगाएका छन्। उनले आज भने, प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मको आधारमा भेदभाव गरेनन् र सबका साथ, सबका विकासको दृष्टिकोण अन्तर्गत सबैलाई कल्याण प्रदान गरे।

उनले भने, इण्डियन ओवरसीज कांग्रेसका चेयरम्यान सेम पित्रोदा अनुसार, तपाईको मृत्युपछि तपाईको कमाईको 55 प्रतिशत हिस्सा सरकारले लिनुपर्छ। के तपाईहरू यस्तो चाहनु हुन्छ? कांग्रेस तपाईहरूको पैसा खोसेर घुसपैठीहरूलाई दिन चाहन्छ।

अनुराग ठाकुरले हैदराबादकी उम्मेदवार माधवी लताद्वारा नामांकन पत्र दर्ता गर्ने अवसरमा मिडियासॅंग कुराकानी गर्दै भने, सेम पित्रोदाले देशका जनतालाई राहुल गॉंधीको वास्तविक सोचको बारेमा स्पष्ट गरिदिएर राम्रो काम गरे। वास्तवमा राहुल गॉंधीका मार्गदर्शक हुन् सेम पित्रोदा। उनी उनका पिताका पनि मार्गदर्शक रहेका थिए र दार्शनिक एवं मित्र पनि थिए।

अनुराग ठाकुरले कांग्रेसमाथि आरोप लगाउॅंदै भने, कांग्रेस कसैको परिश्रमको कमाई उनीहरूका नानीहरूलाई दिन चाहॅंदैन। मानिसहरूको कमाई ट्याक्सको रूपमा लिएर ती व्यक्तिहरूलाई दिन चाहन्छ जो कांग्रेसको भोट ब्याङ्क हो, घुसपैठी हो र जसको ठूलो परिवार छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande