हेमन्त सोरेनले आफ्नो पक्राउविरूद्ध सुप्रीम कोर्टको ढोका ढक्ढकाए
हेमन्त सोरेनले आफ्नो पक्राउविरूद्ध सुप्रीम कोर्टको ढोका ढक्ढकाए


नयाँ दिल्ली, 24 अप्रेल (हि.स.)। झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले सुप्रीम कोर्टको ढोका ढक्ढकाएका छन्। हेमन्त सोरेनले भनेका छन्, झारखण्ड हाईकोर्टले उनको पक्राउलाई चुनौती दिने याचिकामाथि फसेला सुनाउन विलम्ब गरिरहेको छ।

आज जस्टिस संजीव खन्नाको अध्यक्षतामा रहेको बेञ्च समक्ष हेमन्त सोरेनको पक्षबाट पेश वरिष्ठ वकिल कपिल सिब्बलले भने, हाई कोर्टले हेमन्त सोरेनको पक्राउलाई चुनौती दिने याचिकामाथि गत 28 फरवरीमै फसेला सुरक्षित राखेको थियो, तर अहिलेसम्म फसेला सुनाएको छैन। यसैले चुनाउ प्रचारमा सोरेन सामेल हुन सकेनन्। तब जस्टिस संजीव खन्नाले भने, तपाईले ई-मेल गर्नुहोस्, चीफ जस्टिसले त्यसमाथि विचार गर्नेछन्।

ईडीले गत 31 जनवरीमा भूमि घोटाला मामिलामा हेमन्त सोरेनसित जाँचबुझ गरेपछि पक्राउ गरेको थियो। हाल सोरेन न्यायिक हिरासतमा छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande