झारखण्डको साहिबगंजमा किशोरी र परिवारका तीन सदस्यमाथि तेजाबले हमला
झारखण्डको साहिबगंजमा किशोरी र परिवारका तीन सदस्यमाथि तेजाबले हमला


साहिबगंज, 24 अप्रेल (हि.स.)। झारखण्डको साहिबगंज जिल्लामा आज बिहानै लगभग 3 बजी केही मानिसहरूले परिवारका चार सदस्यमाथि तेजाबले हमला गरे। चारै जना गम्भीर रूपमा घाइते भएका छन्। यसमा 15 वर्षीय किशोरी पनि सामेल छन्।

यो घटना राजमहल थाना क्षेत्रको अनुमन्डलीय अस्पतालको पुरानो बिल्डिङ नजिक अर्धनिर्मित मार्केट कम्प्लेक्सको छप्परमा भएको हो। सबै जना यस कम्प्लेक्सको छप्परमा सुतिरहेका थिए। यिनीहरूलाई तुरन्तै राजमहल अनुमण्डलीय अस्पतालमा पुऱ्याइयो। अस्पतालका उपाधीक्षक डा. उदय टुडूको देखरेखमा प्राथमिक उपचारपछि चारै पीड़ित फुलवानो बेवा (60 ), हसीन बीवी (35), आलम शेख (25) र शबनम बानो (15) लाई हायर सेन्टर धनबाद रेफर गरियो।

एसडीओ कपिल कुमार, एसडीपीओ विमलेश कुमार त्रिपाठी र थाना प्रभारी गुलाम सरवरले अस्पताल पुगेर पीड़ितहरूको निम्ति लिखित बयान लिए। पीड़ितहरूलाई केही मानिसहरूमाथि शंका छ। एसडीपीओले घटनास्थलको जायजा पनि लिए। स्थानीय मानिसहरूको भऩाई छ, यस परिवारले अनुमण्डलीय अस्पताल सामू नगर पञ्चायतको दोकानमा होटल चलाउँछ। यही दोकानको छप्परमा यिनीहरू सुतिरहेका थिए। एसडीपीओ त्रिपाठीको भनाई छ, पीड़ितहरूले जसमाथि शंका गरेका छन्, उनीहरूलाई खोज्नु जारी राखिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande