सम्पत्ति हस्तान्तरणमा सेम पित्रोदाको बयान बन्यो कांग्रेसको घाँटीमा फंसेको हाँड़
सम्पत्ति हस्तान्तरणमा सेम पित्रोदाको बयान बन्यो कांग्रेसको घाँटीमा फंसेको हाँड़


नयाँ दिल्ली, 24 अप्रेल (हि.स.)। सेम पित्रोदाको पैतृक सम्पत्ति हस्तान्तरणमाथि कर सम्बन्धी बयान कांग्रेसको घाँटीमा फंसेको हाँड़ बनेको छ। यसलाई लिएर भाजपा हमलावर भएको छ भने कांग्रेसले यस बयानदेखि आफूलाई टाढ़ा गरिरहेछ। कांग्रेसी नेताहरू ओवरसीज कांग्रेस नेता सेम पित्रोदाको बयानदेखि आफूलाई अलग गर्दै डेमेज कन्ट्रोलमा जुटेका छन्। पित्रोदाले शिकागोमा एक टीभी च्यानलसित कुराकानीमा भनेका छन्, कांग्रेसले भारतमा धनको पुनर्वितरणको योजना बनाइरहेछ। परिवारको मुखियाको मृत्युपछि अमेरिकामा 55 प्रतिशत सम्पत्ति पाइन्छ र बाकी सम्पत्ति सरकारलाई जान्छ। भारतमा यस किसिमको व्यवस्था छैन। यसमाथि विचार हुनुपर्छ। कांग्रेसले यस प्रकारको योजना बनाइऱहेछ।

सेम पित्रोदा इऩ्डियन ओवरसीज कांग्रेसका अध्यक्ष हुन्। उनको यस बयानलाई भाजपाले गम्भीरताले लिँदै कांग्रेसको आलोचना गर्नु शुरू गरेको छ। प्रधानमन्त्रीले सेमको बयानमाथि हमला बोल्दै छत्तीसगढ़को सभामा कांग्रेसको मोड्यूल जिन्दगीसित र मरेपछि पनि लुट्नु हो भनेका थिए।

केन्द्रिय गृहमन्त्री अमित शाहले भने, सेम पित्रोदाको टिप्पणीपछि कांग्रेस पार्टीको मुखौटा खोलिएको छ। कांग्रेसको घोषणा पत्रमा सर्वेको उल्लेख छ। मनमोहन सिंहले आफ्नो बयानमा पहिले भनिसकेका छऩ् कि देशका संसाधनहरूमाथि पहिले अधिकार अल्पसंख्यकहरू र विशेषगरी मुसलमानहरूको छ। अब सेम पित्रोदाले अमेरिकाको उल्लेख गर्दै धनको वितरणमाथि विचार-विमर्श हुनुपर्ने टिप्पणी गरेका छन्। जब प्रधानमन्त्री मोदीले यो मुद्दा उठाए तब राहुल गान्धी, सोनिया गान्धी र पूरा कांग्रेस पार्टी यस मुद्दामा ब्याकफुटमा आएको छ र यिनीहरूले भन्न थालेका छन् कि कहिलेपनि यो उनीहरूको उद्देश्य थिएन तर आज सेम पित्रोदाको बयानले देश सामू कांग्रेसको उद्देश्य स्पष्ट गरेको छ। उनीहरूले देशका जनताको निजी सम्पत्तिको सर्वेक्षण गर्न चाहन्छन्। उनीहरूले मानिसहरूको मेहनतको कमाई, सम्पत्तिलाई घुसपैठीहरूमा बाँड्न चाहन्छन्। पित्रोदाले बहु-संख्यकहरूको सम्पत्तिलाई जफत गर्ने र यसलाई अल्पसंख्यकहरूबीच बाँड्ने पार्टीको मनसायको पुष्टि गरे। कांग्रेसको भारतका गरीब, दलित, युवा, जनजाति र पछौटे वर्गको सशक्तिकरण एजेन्डा कहिलेपनि थिएन।

सेमको बयानपछि ब्याकफुटमा आएको कांग्रेसका नेताले स्पष्ट भनिरहेका छन् कि पार्टीको यस्तो केहीपनि उद्देश्य छैन। कांग्रेस अध्य़क्ष मल्लिकार्जुन खड़गेले बुधवार मीडियासित कुरा गर्दै भने, हाम्रो यस्तो कुनै मनसाय छैन। यो उनको विचार हो। उनको विचार हाम्रो मुखमा किन हालिन्दैछ ?

कांग्रेस महासचिव जयराम रमेशले सोशल मीडिया एक्समा आफ्नो पोस्टमा भने, सेम पित्रोदा म सहित संसारभरिमा धेरैको निम्ति एक गुरू, मित्र, दार्शनिक र मार्गदर्शक रहेका छन्। उनले ती मुद्दाहरूमाथि स्वतन्त्र रूपमा आफ्नो विचार पोख्छन् जसबारे उनले दृढ़ताले महसूस गर्छन्। निश्चित रूपमा लोकतन्त्रमा एक व्यक्तिले आफ्नो व्यक्तिगत विचारहरूमाथि चर्चा गर्न, व्यक्त गर्न र बहस गर्न स्वतन्त्र छ।

सेम पित्रोदाले पनि आफ्नो बयानमा स्पष्टीकरण दिइऱहेका छन्। पित्रौदाले भने, मैले टीवीमा आफ्नो सामान्य कुराकानीमा उदाहरणको रूपमा अमेरिकामा ‘विरासत कर’ को उल्लेख गरेका थिए। के म तथ्यहरूको उल्लेख गर्नसक्दिन ? मैले भने, यी यस्ता मुद्दाहरू हुन्, जसमाथि मानिसहरूले चर्चा र बहस गर्नुपर्छ। कुनैपनि नीतिसित यसको कुनै सरोकार छैन। जसमा कांग्रेस पार्टी पनि सामेल छ। कसले भन्यो, अमेरिका सरह भारतमा 55 प्रतिशत खोसिनेछ। कसले भन्यो, भारतमा यस्तो गरिनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande