मोहम्मद सलीमको खातामा केवल 2500 नगद, पत्नीको दुईवटा गाड़ी
मोहम्मद सलीमको खातामा केवल 2500 नगद, पत्नीको दुईवटा गाड़ी


कोलकाता, 25 अप्रेल (हि.स.)। मुर्शिदाबाद लोकसभा क्षेत्रबाट माकपा उम्मेदवार मोहम्मद सलीम आफ्नो सरलताका कारण सदैव चर्चामा बनिरहन्छन्। चुनाउलाई लिएर उनले जुन हलफनामा दर्ता गरेका छन् त्यसमा उनले आफुसॅंग केवल 2500 रूपियॉं नगद रहेको उल्लेख गरेका छन्। यसरी नै उनकी पत्नीसॅंग ग्यारेजमा दुईवटा गाड़ी छन्।

हिन्दुस्थान समाचारसॅंग विशेष कुराकानीमा सलीमले भने, लोक सेवा नै मेरो उद्देश्य हो। यस कारण संचयको कुनै आवश्यकता छैन। उनले केन्द्र अनि पश्चिम बंगाल सरकारमाथि आरोप लगाउॅंदै भने, भाजपाको नरेन्द्र मोदी सरकारले जे गर्दैछ त्यो भन्दा नराम्रो स्थिति पश्चिम बंगालमा ममता ब्यानर्जीको सरकारमा छ। दुवै विरुद्ध लडाई हो र यही मुद्दा लिएर जनताबिच गइरहेको छु।

मोहम्मद सलीमले आफ्नो राजनीतिक जीवनको शुरूवात छात्र जीवनको समय एसएफआई सदस्यको रूपमा गरेको थियो। पछि उनी माकपाका धेरै पदहरूमा पनि रहेका थिए। वाम शासनको समय वरिष्ठ नेता मोहम्मद सलीम राज्यमन्त्री थिए। राज्यमा तृणमूल सत्तामा आएपछि उनले चुनाउ जितेर सांसद बने। अहिले राज्यमा माकपाको जिम्मेवारी उनको कॉंधमाथि छ। मोहम्मद सलीम आगामी लोकसभा चुनाउमा मुर्शिदाबाद सीटबाट चुनाउ लडिरहेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande