हाई कोर्टको फसेला पूर्ण रूपमा अन्याय: ममता
हाई कोर्टको फसेला पूर्ण रूपमा अन्याय: ममता


कोलकाता, 25 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार 25 हजारभन्दा धेरै नोकरी रद्द गरिएको घटनालाई घोर अन्याय ठहर गरेकी छन्। यसका साथै उनले नोकरी गुमाउनेहरूलाई चुनाउ ड्यूटीमा तैनात हुनबाट रोक्न भाजपाले चाल चलिरहेको पनि आरोप लगाएकी छन्।

ब्यानर्जीले पश्चिम मेदिनीपुर जिल्लाको मेदिनीपुर लोकसभा क्षेत्रमा एक चुनावी ऱ्यालीलाई सम्बोधित गर्दै भनिन्, यति धेरै शिक्षकहरूको नोकरी रद्द भएपछि स्कूल कसरी चल्छ।

उल्लेख्य, कलकत्ता हाई कोर्टले पश्चिम बंगाल सरकारद्वारा प्रायोजित र सहायता प्राप्त स्कूलहरूमा राज्य स्तरीय चयन परीक्षा 2016 को भर्ती प्रक्रियालाई अमान्य घोषित गरिदिएको थियो र यसको माध्यमद्वारा सबै नियुक्तिहरूलाई रद्द गर्ने आदेश दिएको थियो।

ममता ब्यानर्जीले भनिन्, यदि कसैले गल्ती गरेको छ भने त्यसलाई सुधार गर्न सकिन्छ। तर, 25 हजार नोकरी खोस्नु घोर अन्याय हो। यदि यति धेरै शिक्षक नोकरीबाट बाहिर भए स्कूल कसरी चल्छ? म न्यायपालिकाको सम्मान गर्छु, तर जे भयो घोर अन्याय हो। उनले देशमा स्वतन्त्रतापछि सबैभन्दा धेरै बेरोजगारी दर भए तापनि भाजपाले नोकरी खोस्ने काम गरिरहेको आरोप लगाइन्।

हिन्दुस्थान समाचार


 rajesh pande