पेमला शेर्पाले जितिन मिस इन्डिया इन्टरनेशनल सीजन-2 को उपाधि
पेमला शेर्पाले जितिन मिस इन्डिया इन्टरनेशनल सीजन-2 को उपाधि


गान्तोक, 25 अप्रेल (हि.स.)। राजधानीस्थित मोर्डन वरिष्ठ माध्यमिक विद्यालयकी छात्रा पेमला शेर्पाले मिस इन्डिया इन्टरनेशनल सीजन-2 को उपाधि जितेकी छन्। सोही प्रकारले मिङ्गमा तामाङ पहिलो उपविजेता बनेकी छन्। उनी बुर्तुक निवासी हुन् भने हाल उनी मोर्डन वरिष्ठ माध्यमिक विद्यालयमा अध्ययनरत छन्।

यसरी नै साहिल तामाङ मिस्टर इन्डिया इन्टरनेशनल सीजन-2 को उपविजेता बनेका छन्। सोही प्रकारले डिक्चु निवासी अवरिल तामाङ दोस्रो उपविजेता बनेका छन् भने उनी डिक्चु वरिष्ठ माध्यमिक विद्यालयमा हाल 12औं श्रेणीमा अध्ययनरत रहेका छन्। सो प्रतियोगितामा विजयी र उपविजयी बन्ने सबैलाई मंगलवार रम्फूमा सामाजिक कार्यकर्ता फूर्बा रिञ्जिङ शेर्पाले भव्यरूपमा स्वागत जनाए। उक्त प्रतियोगिता सिलगढीमा गत 21 अप्रेलको दिन सम्पन्न भएको थियो जहाँ फाइनल राउण्डमा 20 जना प्रतियोगीहरू रहेका थिए।

हिन्दुस्थान समाचार


 rajesh pande