अब व्हाट्सएपको माध्यमबाट सुप्रीम कोर्टमा केस फाइलिंग, लिस्टिंग आदिको जानकारी पाउन सकिनेछ
अब व्हाट्सएपको माध्यमबाट सुप्रीम कोर्टमा केस फाइलिंग, लिस्टिंग आदिको जानकारी पाउन सकिनेछ


नयाँ दिल्ली, 25 अप्रेल (हि.स.)। सुप्रीम कोर्टमा केसहरूको फाइलिंग, लिस्टिंग, कज लिस्ट आदिको जानकारी अब व्हाट्सएपको माध्यमबाट वकिलहरूले पाउन सक्नेछन्। चीफ जस्टिस डीवाई चन्द्रचूड़ले नौजना जजहरूको संविधान पीठमा सुनवाई गर्नपूर्व बिहीवार सो घषणा गरे।

चीफ जस्टिसले बताए, व्हाट्सएप नम्बर 8767687676 -को माध्यमबाट एडभोकेटले अन रेकर्ड र पार्टी इन पर्सनको जानकारी पाउन सक्नेछन्। चीफ जस्टिसले बताए, सुप्रीम कोर्टका अन्य पक्षकारहरूले पनि उक्त व्हाट्सएप नम्बरको माध्यमबाट फाइलिंग, कज लिस्ट तथा फसेलाहरूको बारेमा जानकारी पाउन सक्नेछन्। उनले भने, यो एउटा सानो कदम हो, तर यसको ठूलो प्रभाव पर्नेछ। यस अतिरिक्त कागजको प्रोयगमा पनि केही हदसम्म ह्रास आउनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande